चार अरब देशको १३ बुँदे माग कतारद्वारा अस्वीकार

चार अरब देशको १३ बुँदे माग कतारद्वारा अस्वीकार

   
   266   पटक पढिएको

११ असार, काठमाडौं । प्रतिवन्ध हटाउन चार अरब देशले राखेको १३ बुँदे सर्त कतारले अस्वीकार गरेको छ । यससँगै कतारमा देखिएको संकट अझै लम्बिने आशंका बढेको छ ।

साउदी अरेबिया, इजिप्ट, यूएई र बहराइनले कतारमाथि कडा प्रतिवन्ध लगाएका छन् । उनीहरुको आरोप छ कि कतारले आतंकवादलाई सहयोग गरिरहेको छ ।

चार देशले हालै कतारसामू टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नु पर्ने लगायत १३ बुँदे माग राखेका थिए । १० दिनको अल्टिमेटमसहित अघि सारिएको मागमा टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नु पर्ने तथा इरानसँगको सम्बन्ध घटाउनु पर्ने पनि छ ।

तर, कतारले भनेको छ, यो शर्त न त तर्कसंगत छ न मान्न लायक नै छ ।

साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहरानी, यमन र लिबियाले दुई हप्ताअघि कतारसँग राजनीतिक तथा कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए । यससँगै कतारले अभूतपूर्व राजनीतिक र आर्थिक नाकाबन्दीको सामना गर्दै आएको छ । जबकी इरान र टर्कीले खाना र अन्य सामान आपूर्ति गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।