भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि सार्वजनिक

   
   12074   पटक पढिएको

लालबाबु बानिया /एक्लब्य गुप्ता
वीरगंज,२७ साउन 
भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि सार्वजनिक भएको छ ।

आज विहान १० बजे पर्साको सम्झौता गाविसको टिहुकीमा जटाशंकर साहकी पत्नीको गाउमा चोटी काटिएको घटना सार्वजनिक भएको हो । आज विहान ८ बजेको समयमा घरमा काम गरिरहेको अवस्थामा उनको अचानक चोटी कटेर तल भुईमा खसेपछि उनी लगतै बेहोस भएकी थिईन ।

घरमा श्रीमतिको कपाल कटेर भुईमा खसेको तथा श्रीमतिलाई अचेत अवस्थामा देखेपछि उनका श्रीमान जटाशंकरले होहल्ला गर्दा सिमावर्ती भारतीय ठाउ बलथरमा झाक्री कहाँ उपचार गराएपछि अवस्था सामान्य बनेको स्थानिय जवाहर तिवारी जानकारी दिनुभयो । पर्साको सम्झौता र जानकीटोला नजिकै सिमावर्ती गाउहरु सिसवा,भंगहा र मैनाटारको रामपुरवाा हिजो ३ जना महिलाहरुको कपाल कटेको घटना सार्वजनिक भएको हाम्रा सहकर्मी लालबाबु बानियाले जनाएका छन ।

भारतको विभिन्न प्रान्त हरियाणा ,्िदल्ली र राजस्थानमा  ५०भन्दा  बढी महिलाको कपाल गायब भई महिलाहरु बेहोस भएको घटना भारतीय संचारमाध्यमहरुले सार्वजनिक गरेपनि नेपालमा भने यस्तो घटना आज सार्वजनिक भएको हाम्रा सहकर्मी बानियाले जनाएका छन । आज पर्साको टिहुकीमा घटना सार्वजनिक भएपछि पर्साको पश्चिमी भेगका महिलाहरु त्रसित बनेका छन भने झाक्रीहरुको सल्लाह अनुसार  हरेक घरमा अगाडी निमको पात ,हरियो खुसार्नी,निम्बु,झुण्डयाउने काम गरेका छन ।

दिल्लीको छावला गाउँबाट शुरु भएको कपाल काट्नुको रहस्यको गुत्थी अझै खुल्न सकेको छैन । दिल्लीको गुडगाउ, समूचा, एनसीआर, राजस्थान, मध्य प्रदेश तथा अब यूपीमा पनि यस्तै हर्कत भएको छ । तर, अहिलेसम्म भारतीय प्रहरीले घटनाबारे बास्तविक पता नलगाउदा  यो समस्याबाट प्रहरी पनि  हैरान भएको भारतका विभिन्न  संचारमाध्यमहरुले जनाएका छन ।प्रहरीले महिला आफैले आफ्नो कपाल काट्ने काम गरेर आतंक सिर्जना गरेको हुन सक्ने अनुमान गरिएपनि त्यसको पुष्टि हुन सकेको छैन ।

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।