मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

   
   232   पटक पढिएको

३१ अगष्ट, भारत । दक्षिणी मुम्बईको भाइखल इलाकाको जेजे मार्गमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।मुम्बई प्रहरीका अनुसार बिहान साढे ८ बजे ढलेको भवनको भग्नावशेषबाट ११ जना मृतकलाई निकालिएको छ । अझै १० जना फसिरहेको अनुमान गरिएको छ ।भत्किएको भवनबाट थुप्रै मानिसलाई उद्धार गरी उपचारका लागि जेजे अस्पताल पुर्‍याइएको प्रहरीले बताएको छ ।मृत्यु हुनेहरुमा ३ महिला र ८ पुरुष छन् । अहिलेसम्म २४ जनालाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।मुम्बई पुलिसले भवन तीन तले रहेको बताएपनि दमकलका कर्मचारीले भने उक्त भवन पाँच तलाको रहेको बताएका छन् । स्थानीयवासीका अनुसार भवनमा दुई तला अनधिकृत रुपमा थपिएको थियो ।ढलेको भवन निक्कै पुरानो थियो र मुम्बईमा गएका केहि दिन भीषण वर्षा भएको थियो । समाचारमा बताइएअनुसार भवन पुनर्निर्माण भइरहेको थियो ।

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।