दुर्घटनापछि भाग्न खोजेका विकास दुबे र प्रहरीबीच मुठभेड

   
   86   पटक पढिएको

भारतको उत्तरप्रदेशका कुख्यात गुण्डा विकास दुबेलाई लगेर कानपुर गइरहेको एसटीएफको गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको छ ।दुर्घटनाग्रस्त गाडीमा विकास दुबे पनि सवार थिए ।

उक्त गाडीमा सवार रहेका सबैलाई अस्पताल लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार दुर्घघटनापछि विकास दुबे र प्रहरबीच गोली हानाहान भएको छ ।

विकास दुबेलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको छ । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।

त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र विकास गम्भीर घाइते भएको जनाइएको छ ।

उनलाई कति गोली लागेको छ भन्ने खुलेको छैन । घटनामा केही प्रहरी पनि मारिएको जनाइएकोछ ।

कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेलाई उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले सडकमार्ग हुँदै कानपुर लगिरहेको थियो ।

कानपुरमा आठजना प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो ।

 
असार २६, २०७७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।