विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

   
   87   पटक पढिएको

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड २८ लाखभन्दा बढी पुगेकाे छ भने पाँच लाख ६८ हजारभन्दा बढीको मृत्यु भएको छ।

 

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३३ लाख ५५ हजार ७८१ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ३७ हजार ४०३ पुगेको छ।

 

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा १८ लाख ४० हजारभन्दा बढी संक्रमित भएकोमा ७१ हजार ४९२ जनाकाे ज्यान गएको छ।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। भारतमा साढे ८ लाखभन्दा बढीमा संक्रमण भएकोमा २२ हजार ६९६ जनाकाे ज्यान गएको छ।

 

रसियामा ७ लाख २७ हजार १६२ जना संक्रमित भएका छन् भने ११ हजार ३३५ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा ३ लाख ९८८ संक्रमित भएकोमा २८ हजार ४०३ जनाकाे मृत्यु भइसकेको छ।

 

बेलायतमा २ लाख ८८ हजार ९५३ संक्रमित भएकोमा ४४ हजार ७९८ जनाको मृत्यु भइसकेको छ।

 

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ३ लाख २२ हजार ७१० जना छ भने ११ हजार ६८२ जनाको मृत्यु भइसकेको छ।

 

असार २९, २०७७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।