भारतमा १२ खर्ब लगानी गर्दै गुगल

   
   114   पटक पढिएको

विश्वको दोश्रो धेरै जनसंख्या भएको मुलुक भारतमा संसारका दिग्गज कम्पनीहरुले व्यापक लगानी गर्न सुरु गरेका छन् । गत अप्रिलमा फेसबुक कम्पनीले भारतीय जियो कम्पनीमा ५ अर्ब ७० करोड अमेरिकी डलर लगानी गरेको थियो । फेसबुकले भारतमा लगानी घोषणा गरेको ३ महिना नबित्दै गुगलले १० अर्ब डलर लगानीको घोषणा गरेको छ ।

गुगल तथा उसको मातृ कम्पनी अल्फाबेटका सिइओ सुन्दर पिचाइले हालै एक कार्यक्रममा गुगलले आगामी ५/७ वर्षभित्र भारतमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेका हुन् ।

गुगल फर इण्डिया २०२० कार्यक्रमका क्रममा उनले गुगलको उक्त लगानी इक्विटी, साझेदारी, भौतिक पूर्वाधार तथा पर्यावरण लगानीका रुपमा रहने बताए ।

उनका अनुसार गुगलले लगानी भारतको डिजिटलाइजेसनका चार महत्वपूर्ण क्षेत्रमा केन्द्रित हुनेछ । त्यसमा भारतमा प्रचलित भाषाहरुमा सुलभ डिजिटल पहुँच तथा जानकारी प्रदान गर्ने, भारतीय आवश्यकतामा आधारित वस्तु तथा सेवाको उत्पादन, डिजिटल रुपान्तरणका लागि व्यवसायहरुलाई सहयोग गर्ने तथा स्वास्थ्य, शिक्षा र कृषिजस्ता सामाजिक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिको प्रयोगलाई सहज बनाउने लगायतका हुनेछन् ।

गुगल सिइओका अनुसार अहिले भारतका २ करोड ६० लाखवटा साना तथा मझौला व्यवसायहरु गुगल सर्चमा भेटाउन सकिन्छ । एजेन्सी

 

असार ३१, २०७७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।