सुशान्तका बुवाले दर्ता गराए रियाविरुद्ध प्रहरीमा उजुरी, आत्महत्या गर्न बाध्य पारेको आरोप

   
   110   पटक पढिएको

बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नयाँ मोड आएको छ। सुशान्तका बुवा केके सिंहले सुशान्तकी गर्लफ्रेन्ड भनिएकी रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजूरी दर्ता गराएका छन्। उनले पटनाको राजीवनगर पुलिस थानामा उजूरी दर्ता गराएका हुन्।

उजूरीमा रियाले सुशान्तसँग पैसा लिने गरेको र आत्महत्याका लागि बाध्य पारेको आरोप लगाइएको छ। सुशान्तका बुवाले यस प्रकरणमा मुम्बई पुलिसको अनुसन्धानमा आफूलाई विश्वास नभएकोले पटना प्रहरीमा उजूरी दर्ता गराएको बताएका छन्।

उजूरीमा रियाले सुशान्तलाई धोका दिएको र पैसा हडपेको आरोप छ। यसमा विषयमा थप अनुसन्धानका लागि पटना प्रहरीले चार सदस्यीय टोली मुम्बई पठाएको छ। उक्त टोलीले मुम्बई प्रहरीसँग मिलेर सुशान्त केसको अनुसन्धान डायरीका साथै अन्य कागजातमाथि अध्ययन गर्नेछ।

सुशान्तले गत जुन १४ मा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा आत्महत्या गरेका थिए। उनले डिप्रेसनका कारण आत्महत्या गरेको बताइएको थियो। तर परिवारले भने उक्त कुरा अस्वीकार गर्दै आएको छ।

 
साउन १३, २०७७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।