प्रधानमन्त्री ओलीसँग बैठक गरेर फर्केका मन्त्रीमा कोरोना पुष्टि

   
   211   पटक पढिएको

काठमाडौं । सरकारले आवश्यक तयारी बिना नै गत २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउन खुल्ला गरेपछि देशैभरिका कोरोनाको भयावह स्थिति देखिन थालेको छ ।

यसै क्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । ४४ बर्षिय मन्त्री यादवले एक साताअघि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर बादल, आईजीपी शैलेश थापा क्षेत्रीलगायतसँग बैठक गरेर जनकपुर फर्के लगत्तै मन्त्री यादवमा कोरोना पुष्टि भएको हो ।

 

मन्त्री यादवका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमडौंको सिंहदरवारदेखि बालुवाटारसम्म आतंक मच्चिएको छ । प्रहरी सम्बन्धी एक कार्यक्रममा भाग लिन काठमाडौं आएका मन्त्री यादवको अवस्था सामान्य छ ।

जिल्ला फर्केपछि उनले कोरोना परिक्षण गर्दा पोजेटिभ पाइएको हो । यो घटनासँगै कन्ट्याक ट्रेसिङको क्रममा उच्च पदस्थ अधिकारीहरुको समेत कोरोना परिक्षण गर्ने तयारी सुरु गरिएको छ ।

साभार: ईन्स्योरेन्स खवर

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।