कर्णालीमा कृषकलाई ब्याज अनुदान कार्यक्रम

   
   167   पटक पढिएको

सुर्खेत – कर्णाली प्रदेश सरकारले  कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याएको छ ।

 

सरकारले कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन गरी किसानकोे रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याएको जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आजदेखि ल्याएकाे  कृषि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रमकाेे एक कार्यक्रमबीच मुख्य मन्त्री महेन्द्रबहादुुुर शाहीले शुभारम्भ गरे।

 

साे कार्यक्रम अन्तरगत  किसानले पाँच वर्षसम्मका लागि एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउनेछन । विभिन्न बैँक तथा वित्तीय संस्थामार्फत व्यवसाय गर्न चाहाने किसानहरुलाई ऋणमा ब्याज अनुुदान उपलब्ध गराइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिईन । उनले कृषि तथा पशुपालनको क्षेत्रमा २० प्रकारका ऋणकाे व्यवस्था गरिएको जानकारी दिइन ।

 

मन्त्रालयले ब्याज अनुदान कार्यक्रमका लागि चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । ब्याज अनुदान लिन किसानले अनिवार्य रुपमा स्थायी लेखा नं प्रमाण पत्र लिएको हुनुपर्ने र १० लाख भन्दा बढी ऋण लिनुु परे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेश गर्नुपर्नेलगायतका शर्तहरु राखिएको छ ।

 

यदि किसानले ऋण लिएर नतिरे ऋणीलाई कर्जा सूचनाको कालो सूचीमा राख्ने, चलअचल सम्पत्ति रोक्का गर्ने, सामाजिक सुरक्षा भत्ता लागयतका अन्य नागरिक सेवाबाट बञ्चित गराइने व्यवस्था गरिएको छ । मन्त्री केसीले निम्न स्तरका किसानलाई समेत समेट्ने गरी सहुुलियत ऋण प्रवाह गर्ने तयारी गरिएको जानकारी दिइन ।

 

उनले प्रदेश सरकारले पाँच वटा मोडेलमा सबै किसानलाई समेट्ने गरी अघि बढेको जानकारी दिइन। विपन्न वर्गका किसानहरुका लागि लक्षित वर्ग विशेष अनुदान, मध्यम तथा ठूला किसानका लागि ब्याज अनुदान, निम्न र निम्न मध्यम किसानका लागि सहुलियत कर्जा र प्रोत्साहन अनुुदान उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै लक्षित वर्ग विशेष अनुदान र प्रोत्साहन अनुदान यस अघि उपलब्ध गराइसकेको जानकारी दिइन।

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।