सोनियालाई कंगनाको प्रश्न–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?’

   
   42   पटक पढिएको

भारतको महाराष्ट्रको सरकारले नायिका कंगना रनावतको मुम्बइमा अवस्थित अफिस भत्काएपछि यसको चर्को विरोध भैरहेको छ । नायिका रनावतले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चुनौती दिइसकेकी छिन् । अब उनले कांग्रेस पार्टीमाथि पनि प्रश्न सोझाएकी छिन् ।

उनले ट्विट गर्दै लेखेकी छिन्–‘सोनिया गान्धीजी, एक महिला भएको नाताले महाराष्ट्रमा तपाइको सरकारले गरेको क्रियाकलापबाट के तपाई दुःखी हुनुहुन्न ? के तपाई डाक्टर अम्बेडकरले बनाएको संविधानको सिद्धान्त पालना गर्नका लागि आफ्नो सरकारसँग अपिल गर्न सक्नुहुन्न ?’

 

कंगनाले बाल ठाकरेलाई शिवसेना एक दिन कांग्रेस पार्टीमा विलय हुन्छ भन्ने डर थियो भनेर समेत उल्लेख गरेकी छिन् । उनले, यस भन्दा अगाडि शिवसेना सोनिया सेना बनेको आरोप समेत लगाएकी थिइन् ।

मुम्बई फर्किएपछि आफ्नो भत्किएको अफिस पुगेकी कंगनाले बिहिबार १० मिनेट अफिस परिसरमा बिताएकी थिइन् । उनले, अफिस पूर्ननिर्माण गर्ने रकम आफूसँग नभएकाले भत्किएको अफिसबाटै काम सुरु गर्ने पनि उल्लेख गरेकी छिन् ।

अवैध निर्माण भएको भन्दै बीएमसीले उनको अफिसमा डोजर चलाएको थियो । तर, यसलाई भारतीय मिडियाले कंगना र महाराष्ट्र सरकारविचको वाकयुद्धको परिणाम भन्दै टिप्पणी गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।