सरकारी जागिर छाडेर कृषि फर्ममा : दाङमा प्रदेश ५ कै सबैभन्दा ठूलो मेवा खेती

   
   56   पटक पढिएको

दाङको नारायणपुरमा ५ नम्वर प्रदेशकै सबैभन्दा ठूलो मेवा खेती सञ्चालनमा छ । शिद्धरत्ननाथ मावि नारायणपुरको अढाई विगाहा जग्गा बार्षिक ४५ हजार तिर्ने गरि लिजमा लिएर २ युवा मिलेर यो मेवा खेती गरेका हुन् ।

 

घोराही उपमहानगरपालिका–१५ मा बसोबास गर्दै आएका ४६ वर्षीय अधिवक्ता कुलबहादुर डाँगी र ४० वर्षीय शिक्षक तुलसीराम केसीले मिलेर मेवा खेती गरेका हुन् ।

अधिवक्ता डाँगीले समाजशास्त्रमा र केसीले जनसंख्यामा मास्टर्स पनि गरेका छन् । अधिवक्ता डाँगीले १५ बर्षसम्म सरकारी सेवा गरे ।  तीनै उच्च शिक्षा हासिल गरेका २ युवाहरु मिलेर मेवा खेती गरेका हुन ।
 

उनीहरुले मेवा खेती गर्नुपूर्व उक्त स्थान खुल्ला थियो । जुन जग्गामा उनीहरुले रेड लेडी जातको ३ हजारबढी मेवाको बोटहरु हुर्काएका छन् ।
उनीहरुले लगाएको मेवा ७ महिलापछि फल्न सुरु गरेको थियो । अहिले लटरम्म फलेको छ ।

 

प्रतिकेजी ५० रुपैयाँका दरले मेवा बिक्रि गर्दै आएको डाँगी बताउँछन् । एउटा बोटमा कम्तिमा पनि ३० देखि ४० केजीसम्म फल लागेको छ । एउटा मेवाको तौल साढे २ किलोसम्मको रहेको डाँगीले बताए ।

मेवा खेती सुरु गर्दा २४ लाख खर्च भएको उनीहरुले बताए । ‘रेड लेडी’ मेवाको जातहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिन्छ । ताइवानबाट बिउ मगाएर उनीहरुले यहिँ बेर्ना हुर्काएर रोपेका हुन् ।

काठमाडौँबाट एक सय ग्राम बिउको एक लाखमा किनेर ल्याएको अधिवक्ता डाँगीले बताए । ‘रेड लेडी’ जातको मेवाको बिउलाई एक किलोको १० लाखसम्म पर्ने गरेको उनले बताए ।

 

मेवामा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । मेवा उष्ण प्रदेशमा राम्रोसँग फल्ने गर्छ । दाङको वातावरण मेवा खेतीको लागि लागि उपयुक्त छ । मेवा ३५ डिग्री सेल्सियससम्मको तापकक्रम भएको ठाउँमा लगाउनु उचित मानिन्छ ।

 

मेवा एक पटक रोपेपछि ४ बर्षसम्म निरन्तर फल दिने जानकारहरु बताउँछन् । रेड लेडी जातको मेवाको बिरुवा लगाउँदा प्रतिबोट अढाई मिटरको बीचमा लगाउनुपर्छ । यो मेवा करिब ४ फिटदेखि ६ फिटसम्म अग्लो हुन्छ । ४ देखि ८ महिनामा फल दिन सुरु गर्छ ।

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।